२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अख्तियारको छापा चाँगुनारायणसहित ३ वटा नगरपालिकामा

जनसेवा न्यूज संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले जानकारी गराउनु भयो ।

पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com