२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रघाती एमसिसीविरुद्ध वानेश्वर संसद भवन घेराउ गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता : प्रकाण्डसहित दर्जनौँ घाईते

काठमाडौं । बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसहित दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीको प्रतिरोध गर्दा केही प्रहरीहरु पनि घाइते भएका छन् । एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद आज बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम जारी राखेका छन् ।

राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनबाट गिरफ्तार पर्नेहरु :

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेकपा नेता डबल शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी, अखिल (क्रान्तिकारी) कै दयाराम लुहार, सपना पुन मगर, प्रजित विक, जनक शाही, घनश्याम खड्का, हिक्मत परियार, नवीन बिष्ट, सुवास महत, पुर्णचन्द्र खड्का, समीर थापा, प्रजिना दर्नाल, चिरायु भेटुवाल, स्मृति कार्की, राहुल भुषन विक लगायत २ दर्जन जति गिरफ्तार भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com