२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

एजेन्सी
बाठमाडौं। बेलायतको रोल्स-रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविश्कार गरेको दाबी गरेको छ।

स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स–रोयसले दाबी गरेको हो।

विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको भनाई छ। एक साताअघि कम्पनीले विमानको परीक्षण उडान सम्पन्न गरेको थियो।

तीन किलोमिटर उड्दा विमानको गति ५५५ दशमलब ९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२ दशमलब १ किलोमिटर प्रतिघण्टा पुगेको कम्पनीले जनाएको छ। २०२ सेकन्डमा ३,००० मिटरको उचाइमा पुगेर स्पिरिट अफ इनोभेसनले सबैभन्दा चाँडै सो उचाइमा पुग्ने रकेर्ड बनाएको बताइएको छ।

विमान आविश्कार एउटा आश्चर्यजनक उपलब्धि भएको कम्पनीका निर्देशक फिल ओडेलले बताएका छन्।

यसअघि सन् २०१७ मो जिमन्स विमान कम्पनीले निर्माण गरेको एक्स्ट्रा ३३० एरोब्याटिक विमान ४१० किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो ।

रोल्स-रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ प्रभावकारी भएको दाबी गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com