२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रणबाहिर

एजेन्सी

अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेकोछ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस ४५ मिनेटसम्म हटेको थियो । पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसको सही स्थानमा लगेको थियो । स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट हटेको थियो ।

नसाका अनुसार यो घटना रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि भएको थियो । नाउका हालैमात्र आईएसएससँग जोडिएको हो । यसका जेट थ्रस्टर्स आफै चालू भएको थियो । यसले गर्दा आईएसएस अमेरिकी स्पेस एजेन्सी नासाको नियन्त्रणबाहिर पुगेको थियो । आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् ।

जति बेला यो घटना भयो, त्यतिबेला नासाले बोइङ सीएसटी–१०० स्टारलाइनर क्याप्सुललाई लञ्चका लागि काउन्टडाउन सुरु गर्नुपर्ने थियो । त्यो पनि आईएसएससँग जोडिनुपर्ने थियो । अब त्यसको लञ्चलाई ३ अगस्तमा तय गरिएको छ । स्टारलाइनरलाई फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट बोइङ लकहिड मार्टिन कर्प एटलस भी रकेटबाट लञ्च गरिनुपर्ने थियो ।

नासाका अनुसार स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन् । ४५ मिनेटको घटनाका दौरान जमिनमा रहेका टोलीसँग उनीहरूको सम्पर्क दुई पटक टुटेको तर खतराभन्दा भने बाहिर नै रहेको बताइएको छ । नाउका मोड्युलको थ्रस्टर्समा कस्तो समस्या देखिएको भन्नेबारे विस्तृत विवरण आएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com