२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु

२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

हाइटीको क्याप(हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक प्रत्यक्षदर्शीले घटनास्थललाई नर्कको संज्ञा दिएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com