२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई सेल्नाङ ग्याम्जो तामाङले राहत दिने

काठमाडौँ । मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन् । २० घरका करिब जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गर्दैछन् ।

भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन् । भिक्षु सेल्नाङलाई इभेन्ट पार्टनरको रुपमा उत्पला क्याफेले साथ दिएको छ । त्यस्तै क्लोथिङ पार्टनरको रुपमा डोक्पा रहेको छ ।

च्यारिटी सोमा भिक्षु सेल्नाङले निर्देशन गरेका दुई फिल्म सुपर मन्क र छ्यालो प्रदर्शन गरिदैछ । अग्नी पीडितको सहयोगका लागि गरिएको च्यारिटी सोमा ५ हजार र ७ सय रुपैयाँको दुई प्रकारको टिकट रहेको छ । साँझ ५ः३० बजेदेखि सुरु हुने च्यारिटी सोको आकर्षणका रुपमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ रहेका छन् । फिल्म प्रदर्शन सकिएपछि दुवै चलचित्रकर्मीसँग चलचित्र सम्बन्धी अन्तरक्रियाको व्यवस्था मिलाइएको छ ।

कात्तिक महिनामा मुगुको छायाँनाथ रारा नगरपालिका १ गमगढी बजारमा भएको आगलागीका कारण आप्नो सम्पुर्ण जायजेथा गुमाएका पीडितहरु अहिले पालमुनी बस्न बाध्य छन् । आगलागीमा परी २० घर जलेर ध्वस्त भएपछि अहिले उनीहरु परिवार सहित पालको सहारामा पुगेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com