२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

उद्योगलाई कहाँ कति बिजुली उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर बिजुली उपलब्ध गराउनुपर्नेःअर्थमन्त्री शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै बिजुली बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताउनुभएको हो । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा बिजुली उपलब्ध गराएर खपत बढाउनुपर्ने बताउनुभयो ।

यस्तै निजी क्षेत्रले देशको गार्हस्थ्य उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्नुहुँदै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आउँदो नीति तय गरिने पनि बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com