२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओलीले लगाए प्रचण्डलाई गम्भिर आरोप चन्दा नपाएर होला प्रचण्डले शेयर बजारप्रति रिस पोख्दै बोले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिलाई लिएर ओलीले यस्तो आरोप लगाएका हुन् ।

बुधबार एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै उनले बताएका हुन् । लाखौँ लगानीकर्ता भएको नेपाली पुँजी बजारबारे प्रचण्डले हचुवाको भरमा बोलेको ओलीको आरोप थियो ।

केही दिन अघि प्रचण्डले पुँजीको लगानी पुजीमै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रुप रहेको भनी विवास्पद अभिव्यक्ति दिएका थिए । उनले त्यसो भनेपछि शेयर बजारमा ठूलो अंकको गिरावट देखिएको थियो ।

ओलीले प्रचण्ड र एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधव नेपाललाई अस्थिरताका सम्वाहक रहेको समेत आरोप लगाए । उनले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्ति यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com