२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नाइजेरियाली राज्य सभाका सांसदको गोली हानी हत्या

लागोस । उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले सिन्ह्वालाई फोनमार्फत् दिएको जानकारी अनुसार राजधानी कडुना शहर र राज्यको अर्को शहर जरियालाई जोड्ने राजमार्गमा बन्दुकधारीहरूले सोमबार राति गरेको आक्रमणमा एक विधायकसहित केही व्यक्तिको मृत्यु भएको हो ।

जयलानीले भने, यो दुःखद र पीडादायी घटना भएको छ, घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमण एउटा प्रमुख सुरक्षा खतरा भएको छ । उक्त क्षेत्रमा पछिल्ला केही महिनाहरूमा मृत्यु र अपहरणका घटना बढेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com