२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

श्रीलंकामाथि नेपालको सान्दार्भिक जित

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ६–० गोल अन्तरले विजयी भएको हो ।

नेपालको जितमा रश्मी कुमारी घिसिङले २, सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले १–१ गोल गरे ।

खेल अवधिभर नेपाली टिमले श्रीलंकन टोलीलाई दबाबमा राख्यो । खेलको पहिलो हाफमै नेपालले ३ गर्‍यो । खेलको पाँचौ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलान् । सातौं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई २–० को दोब्बर अग्रता दिलाउन सफल भइन् ।

खेलको ४३ औं मिनेटमा मेनुकाकुमारी आले मगरको गोलबाट नेपालले ३–० को अग्रता पायो । नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । दोस्रो हाफमा नेपालले चौथो गोल ४८ औं मिनेटमा गर्‍यो । चौथो गोल रजनी थोकरले गरेकी हुन् ।

नेपालका लागि पाँचौ गोल ५३ औं मिनेटमा सलोनी रानामगरले गरिन् । नेपालका लागि छैटौं गोल फेरि रश्मी घिसिङले गरिन् । रश्मीले ८५ औं मिनेटमा गोल गर्दै टिमको शानदार जित पक्का गरिन् । आजको जितसँगै नेपालले इतिहास रचेको छ । नेपालले साफ च्याम्पियनसिपमा पहिलोपटक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै इतिहास रचेको हो ।

यसअघि नेपालले श्रीलंकालाई यति फराकिलो अन्तरले हराउन सकेको थिएन । आजको जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । ५ राष्ट्रले खेलिरहेको यो प्रतियोगिताअन्तर्गत अब नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । भुटान र नेपालबीचको खेल २ पुसमा हुनेछ ।

नेपालले चौथा तथा अन्तिम लिग खेलमा भारतको सामना गर्नेछ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com