२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी ९पासपोर्ट०को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।

भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । माडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।

राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फोटोकपी एक एक प्रति पेस गर्नुपर्छ । यस्तै नागरिकताको फोटोकपी र सेतो पृष्ठभूमि भएको पासपोर्ट साइजको बोर्डरलेस रंगीन फोटो दुई प्रति बुझाउनुपर्छ ।

अहिले एमआरपी पासपोर्ट नै बन्ने पनि दूतावासले जनाएको छ । नेपाल सरकारले गएको मंसिर एक गतेदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । तर विदेशमा रहेका नेपाली नियोग तथा दूतावासबाट ई पासपोर्ट बन्न अझै केही समय लाग्ने राहदानी विभागले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com