२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

गगन थापाले महामन्त्रीमा ३ हजार २३ मत प्राप्त गरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्व प्रकाश शर्मा निर्वाचित भएका छन् ।
कुल ४ हजार ६८२ मतमध्ये सबै भन्दा बढी गगन थापाले ३ हजार २३ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै विश्वप्रकाश शर्माले १९ सय ८४ मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला प्यानलबाट गगन थापा र प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

यसका साथै महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५०, प्रदीप पौडेलले १४ सय ९, डा। मिनेन्द्र रिजालले ८०९ मत र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

गगन थापाले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए, भने शर्मा र प्रकाशशरण महतबीच कडा प्रतिष्पर्धा भएको थियो । कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com