२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको छ : बिजुक्छे

काठमाण्डौँ । भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिनुभएको छ । बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गर्नुभयो ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिनुभयो । बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको उहाँले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com