२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

ए डिभिजन लिग : सातदोबाटोले आर्मीसँग अंक खोस्यो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् । खेलमा भने आर्मीले सुरुवाती अग्रता लिएको थियो । आर्मीले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो ।

दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । सातदोेबाटोका मार्टिन्स अजायीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।

यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लब १०–१० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com