२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

साफ यू–१९ महिला च्याम्पियनसिप भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एकरएक गोल गरिन् ।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् ।

मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अंक मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलंका पनि बाहिरिसकेको छ ।

नेपालले अब लिगको अन्तिम खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बंगलादेशसँग बराबरी खेल्दा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । भारत ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर तेस्रो स्थानमा छ । आइतबारै बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com