२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पर्यटकीय गन्तव्य दलचोकीको सुन्दरत

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेको दलचोकी पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय काठमाडौं उपत्यकावासीसहितका पर्यटकहरू दलचोकी पुग्ने गरेका छन् ।

सातदोबाटोबाट २३ किलोमिटर दूरीमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासहित उत्तरी क्षेत्रमा रहेका हिम श्रृंखलाहरू देखिन्छ ।

हेटौँटासहित तराई क्षेत्रसमेत देख्न सकिने गरी भ्युटार बन्दै गरेको दलचोकीमा होमस्टेको समेत सुविधा भएपछि आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यस्थल बनेको हो ।

हाइकिङका लागि निकै उपर्युक्त मानिएको दलचोकीमा विभिन्न रोगको प्राकृतिक विधिबाट उपचार गर्ने निरोधाम केन्द्रसमेत रहेको छ । सागशब्जी र दूधका लागि निकै चर्चित रहेका दलचोकीलाई काठमाडौं उपत्यकाको भेडेटार नामले चिनिने गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com