२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संसद अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् ।

आइतबार दिउँसो ४ बजे बस्नेगरी बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तापछि सर्वदलीय बैठक बोलाउने निर्णय भएको थियो ।

छलफलमा संसदमा नेकपा एमालेको निरन्तर विरोध, नाराबाजी र एमसीसी पारित गर्ने वा नगर्ने विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com