२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

मन्त्री चौधरीको प्रतिबद्धता छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने

मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाण्डौ वासीलाई अस्थायी रुपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाण्डौबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताउनु भयो ।

‘काठमाण्डौवासीलाई यतिमात्रै म भन्न चाहन्छु कि, मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन् तत्काल अस्थायी भए पनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाण्डौवासीलाई खुवाउँछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छुु मन्त्री चौंधरीले भन्नुभयो, आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com