२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पत्रकार एवम् समाजसेवी खेम बम उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानित

जनसेवा न्यूज डटकम

काठमाडौं । पत्रकार एवम् समाजसेवी खेम बम सम्मानित हुनुभएको छ । समाजका विभिन्न अंगमा शालीन रुपमा उत्रिएका पत्रकार बम सम्मानित हुनुभएको हो ।

डोटीको ग्रामिण भेकमा जन्मिएका बम ६ वर्षदेखि काठमाडौंमा हुनुहुन्छ । शुरुमा काठमाडौंमा धेरै मेहनत गरेर उदाएका बम अहिले जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

क्यासनेप फाउण्डेशनले बमको सामाजिक सेवालाई सम्मान गर्दै उहाँको प्रगतिको लागि कामना गरेको छ । मुलुकमा विद्यमान अवस्थालाई हेरेर बमले फरक पत्रकारिता गर्न खोज्नुभएको छ । अहिले चर्को स्वरले बोलेर गलत मुद्धामा बहस गरेर चर्चा कमाएका पत्रकार मध्ये बम फरक रुपमा पत्रकारिता गरिरहनु भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा विपत आएपछि पहिलो पटक गएर त्यहाँका जनतालाई राहत प्रदान गरेका बमलाई तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले धन्यवादका साथै सम्मान व्यक्त गर्नुभएको थियो । कम बोल्ने र बढी गर्ने स्वभावका बमलाई पत्रकारिताको क्षेत्रले कुनै दिनमा उच्च मुल्यांकन गर्ने कार्यक्रमका सहभागीको भनाइ थियो ।

बमले आगामी दिनमा ग्रामिण भेकबाट आएका युवाहरु लक्षित स्वरोजगार कार्यक्रम गर्दै हुनुहुन्छ । नेपालको पत्रकारितालाई सही दिशामा ल्याउने उहाँको लक्ष्य छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com