२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जलस्रोत तथा सिँचाइमन्त्री : पम्फा भुसालले छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

काठमाडौं । काठमाडौँ महानगरपालिका–१७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवा, आइओएनलगायत दर्जनबढी संस्था तथा व्यक्तिको सहयोगमा चिकित्सालयमा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।

अक्सिन प्लान्टको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । रु एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टको जडानले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिए ।

मन्त्री भुसालले यही मंसिर १ गतेदेखि देशैभरिका गरिब जनताका लागि विद्युत् महसुल घटाइएको जानकारी दिइन् । गरीबलाई विद्युत् निःशुल्क उपलब्ध गराउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन् ।

काठमाडौँ महानगरपालिका वडां १७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए ।

चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैँ अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com