२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

आज सर्वदलीय बैठक बस्दै, एमसीसीको विषयमा छलफल हुने

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा भइरहेको अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो।

बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास नेम्वाङले बताउनुभयो । यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

तर नेकपा एमालेले आफूले सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी पनि गर्नु भएको छ । सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com