२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप नगरेको : अध्यक्ष प्रचण्ड को दाबी

काठमाडौँ, । नेकपा (माओवादी केन्द्र) का विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खण्डन गरेका छन् ।

केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा प्रचण्डले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि प्रचण्डको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै त्यो कुरा झुटो भएको बताएको हो ।

हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्, यो एकदम गलत कुरा हो, विज्ञप्तिमा भनिएको छ, यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने ब्यहोरा पनि अवगत गराउँदछौँ ।

सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com