२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाण्डौ । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।

समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । शीर्ष दुई टोली उपाधिका लागि बुधवार खेल्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com