२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

जनकपुरमा छुरा प्रहारबाट एकको मृत्यु

जनकपुर । सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा लागी गम्भीर घाइते उनीलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com