२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

बाल गृहमा बालिका बलात्कृत

सञ्चालकका छोराले बालगृहकी एक बालिकामाथि बलात्कार । ती बालिका गर्भवती भएपछि सबैलाई अन्यत्रै सारिएको छ

रुकुम पश्चिम — ५ वर्षदेखि सञ्चालन हुँदै आएको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ । २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा रबन्द भएकोबाल गृह ।

झण्डै एक महिनाअघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्तानान्तरण गरेको थियो । उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ । बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भसमेत रहेको सार्वजनिक भएपछि उक्त बालगृहमाथि हस्तक्षप गरी बालबालिकालाई अन्यत्रै सारिएको थियो । नगरपालिकाको न्यायिक समितिमा गएर बालिकाले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । स्वास्थ्य परीक्षणमा उनको पेटमा गर्भ रहेको पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले प्रहरी र प्रशासनलाई चिठी लेखेर कारबाही गर्न पत्राचार गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com