२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन्।

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन्।

काठमाडौंको सोल्टी होटलमा शुक्रबार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो।

प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीइआइ) लाई सधै प्रोत्साहन गर्ने कम्पनीको नीति अनुरुप आइसिटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगद सहित पुरस्कार प्रदान गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्तरुपमा प्रदान गरेका थिए ।

प्रधानले नेपालको आइसिटी क्षेत्रमा ३५ वर्ष देखि अनवरतरुपमा योगदान पुर्याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपुर्ण स्थान र पदमा रहि काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छिन्।

प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गरेकी थिइन् ।
प्रधानले सरकारी सेवाबाट अलग भएपनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छिन्।

केही वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रहि यस क्षेत्रमा महिला शशत्तिकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहनु भएको प्रधानले यस वर्षको वुमन आइकन आइसिटी अवार्ड प्राप्त गरेकी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com