२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने : डा. भट्टराई

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परस्त गर्नका लागि चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए ।

उनले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए । भारत, चीन र अमेरिकासहित जुन तरिकाको तनाव चलिरहेको छ त्यो भूमरीमा देश फस्ने थियो । महत्वाकांक्षी र गैरजिम्मेवार पात्र हुन् भट्टराईले भने, उनी निमित्त नायक रुपमा आएका थिए ।

प्रतिगमन पूर्ण रुपले कहिल्यै परास्त हुँदैन त्यसैले त्यसका लागि निरन्तर रुपमा खबरदारी आवश्यक छ । प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ, भट्टराईले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com