२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आज २ सय ९० जनामा कोभिड पुष्टि

काठमाडौँ । नेपालमा मंगलबार २ सय ९० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोभिडका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ३२ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइसोलेशन र ९५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com