२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेप्से ५६.७३ अंकले बढ्यो

नेप्से ५६.७३ अंकले बढ्यो, कारोबार भने झन् घट्यो

काठमाडौँ । लगातार घटिरहेको सेयर बजारमा आज उच्च अंकको सुधार आएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपालको पुँजीबजार मापक परिसूचक ’नेप्से’ ५६.७३ अंकले बढेको छ । यससँगै नेप्से २हजार ४सय १५.५५ विन्दुमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ं का अनुसार आज कारोबार रकम भने घटेको छ । आज कूल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँमा कारोबार खुम्चिएको हो । आज कूल २२६ वटा कम्पनीका ४९ लाख ७४ हजार २५३ कित्ता सेयर ३४ हजार २१७ पटक खरिद–बिक्री भएका छन् ।

कारोबार भएकामध्ये १८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने छ वटा कम्पनीको सूचक नकारात्मक बनेको छ । यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.३४ अंकले बढेर ४ सय ६२.५२ विन्दुमा उक्लिएको छ ।

आज ग्रिन डेभलपमेण्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतका दरले गुमाएका छन् । आज सबै उपसमूहमा हरियाली छाएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com