२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थाले

काठमाडौं । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए ।

अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले शीतलहर चलेका स्थानमा राहत तथा उद्धार गर्नेबारे मापदण्ड बनाएर काम गरिने बताउनुभयो । प्राधिकरण आफैँले पनि शीतलहरका बेला सचेतनामूलक कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शीतलहरबाट स्थानीय समुदायलाई जोगाउनका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने तयारी थालिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com