२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए ।

जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा सण्डरल्याण्ड बाहिरिएको छ । लिग कपका बाँकी तीन वटा क्वाटरफाइनल खेलहरु आज हुनेछन् । आज राति ब्रेन्टफोर्ड र चेल्सी, लिभरपुल र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड भिड्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com