२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

ब्याडमिन्टन : कुमारी बैंकको विजयी सुरुवात

काठमाडौं । कुमारी बैक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता हिजोबाट सुरु भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा जारी प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्ड हलमा भईरहेको छ । हिजोको खेलमा कुमारी बैंकले विजयी सुरुवात गरेको छ । कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० ले हराएको हो ।

प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकल तर्फ उच्च बरियताका पुरुष खेलाडीविचको खेलमा कुमारी बैंकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकारलाई २१–१८ र २१–१९ ले पराजित गरे ।

यसैगरी, महिलातर्फ सुनैना मुखियाले संझना शर्मालाई २१–९ र २१–११ ले पराजित गरिन् । यस्तै, कर्पोरेट युगल तर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल र महेश स्वारलाई २१–१५ र २७–२५ ले जित निकालेको हो ।

समूह बि तर्फको खेलमा नेपाल बिद्युत प्राधिकरणले आईएमई ग्रुपलाई ३–२ ले पराजित ग¥यो । प्राधिकरणले सुरुको दुई खेलमा हार बेहोरेता पनि यसपछि लगातार तीन खेल जितेको हो ।

टिम प्रतियोगितामा पुरुष एकल र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरि बेष्ट अफ फाईभको गेम भईरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com