२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

रुपन्देहीस्थित अनलाइनखबरकर्मी टोपराज शर्मा उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाण्डौँ। रुपन्देहीस्थित अनलाइनखबरकर्मी टोपराज शर्मा उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

शिक्षासेवी रामकाजी गुरुङले कालिका मानवज्ञान मावि बुटवलमा स्थापना गरेको २० लाख रुपैया राशिको ‘राम बहादुर मिलन कुमारी छात्रवृत्ति अक्षयकोष’बाट शर्मालाई नगद ३० हजार राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

विद्यालयको ६१औं वार्षिकोत्सवको अवसरमा अक्षयकोषदाता रामकाजी गुरुङ,उनकी धर्मपत्नी मिनकुमारी गुरुङ,प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र विद्यालयका अध्यक्ष होमबहादुर गलामीले सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

गुरुङले स्थापना गरेको उक्त अक्षयकोषबाट कक्षा १२ मा उत्कृष्ट हुनेलाई हरेक वर्ष ९० हजार, एसईईमा उत्कृष्ट हुनेलाई ५० हजार र १० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष २० हजार रुपैया दिने गरिएको छ ।

यस्तै विद्यालयले टिभी टुडेका संवाददाता चन्द्रकान्त खनाल र मुक्ति एफएमकी कल्पना तिवारीलाई नगद १०–१० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाठकलाई महाउज्जवल कालिका दीप पदकबाट सम्मान गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com