२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

जोगिएर रहनुपर्छ भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको : रामचन्द्र पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम भएको बताएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेता पौडेलले आफूलाई साथीहरुले ुरामचन्द्रजी अब पार्टिभित्रको चुनावमा लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेको उल्लेख गरेका छन् ।

आफ्नो राजनीतिक यात्रा जारी रहेको भन्दै उनले अविछिन्न अगाडि बढिरहने संकल्प रहेको उल्लेख गरेका छन्। उनले नेता कार्यकर्ता र शुभचिन्तकलाई आफूप्रतिको विश्वासलाई सदैव सम्मान गर्ने उल्लेख गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com