२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संघीयताको कार्यान्वयन इमान्दार ढंगले नभएको : उपेन्द्र यादव को दावी

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष यादवले तराई–मधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता सम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराउनुभयो । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताउनुभयो ।

अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गर्नुभयो । उहाँले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com