२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ओरालो लागेको जानकारी दिएको हो । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।

साताको पहिलो कारोबार दिन आइतबार ४०० घटेर सुरु भएको कारोबार सोमबार तोलामा २०० ले बढेको सुनको मूल्य मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको थियो । फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com