२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भक्तपुर दरवार क्षेत्रमा रहेको नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न

भक्तपुर । २०७२ सालको विनासकारी भुकम्पले भत्किएको भक्तपुरको लायकु ९दरवार क्षेत्रमा रहेको नृत्य बत्सला मन्दिर पुनःनिर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीको केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्दै मन्दिरको विषयमा लेखिएका विभिन्न महन्वपूर्ण लेखहरु र निर्माण सम्वन्धि सम्पूर्ण विवरण संग्रह गरिएको पुस्तक नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८ नामक पुस्तक पनि बिमोचन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ढुंङ्गै ढुंङ्गाले बनेको शिखर शैलीको वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताए । भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको उनले बताए ।

नेपालको पहिचानको रुपमा रहेको प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताए ।

नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएको उनको भनाइ थियो । नेपालका सम्पदाहरु अध्ययन अनुसन्धानमा विदेशीहरुको रुचि हुनु स्वाभाविक भएको भन्दै अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीहरुलाई नै यहाँका सम्पदाहरुको विषयमा अध्ययन अनुसन्धान गराउने तर्फ प्रेरित गर्नु पर्नेमा पनि जोड दिए ।

भक्तपुर नगरपालिकाको दरवार क्षेत्रमा अवस्थित ढुङ्गैढुङ्गाले बनेको उक्त मन्दिर २०७२ सालको विनाशकारी भुकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माणको क्रमसँगै यो मन्दिर पुनःनिर्माण गर्न नगरपालिकाले रु। १ करोड २८ लाख ६२ हजार लागत इस्टमेट पारित गरेको थियो ।

नगरपालिकाले तत्कालीन वडा नं. १३का पूर्व वडाध्यक्ष रामहरी गोराको अध्यक्षतामा उपभोक्त समिति गठन गरी निर्माण कार्य अगाडी बढाएको थियो । उपभोक्त समिति मार्फत काम गरेको उक्त मन्दिर लागत इस्टमेट भन्दा धेरै कम ७७ लाख १३ हजार ५ सय ८१ रुपैयाँ मै पुनःनिर्माण सम्पन्न गरेको थियो । उक्त मन्दिर पुनःनिर्माणमा नेपाली वास्तुकला र यहाँको कार्यशैली प्रति बिदेशीहरुले सद्भाव सहयोग स्वरुप रु ६ लाख २७ हजार ५ सय १० रुपैयाँ प्राप्त भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com