२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने तयारी

काठमाडौं । हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् ।

“मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेको छु,” उनले बाह्रखरीसँग भने, “नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित आउने छौं ।”

कार्यक्रममा नयाँ पात्र समावेश हुने बताएका उनले दिनेश डि।सी।ले कार्यक्रम निर्देशन गर्ने जानकारी दिए । कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति पनि फरक हुने बताएका जितुले भनेका छन्, “मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउन नसक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला तर नराम्रो गर्ने छैन ।

दर्शकले दिएको मायाप्रति अनुग्रहीत हुँदै उनले भने, “हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो– मुन्द्रे बनाईदिनु भयो । हजुरहरुले बनाएको मुन्द्रे निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त रु त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर हजुरहरुको माझमा ।”

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com