२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रदेशमा १०० जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने : प्रचण्ड को प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राखेका छन् ।

सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने उनले प्रस्ताव गरेका छन् ।

त्यस्तै माओवादीले नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव गरेका छन् ।

प्रचण्डले माओवादीले नेतृत्व गरेको प्रदेशमा १०० जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने प्रस्ताव गरेका छन् ।

त्यस्तै केन्द्रमा पनि कृषि र श्रमसँग जोड्ने गरी कार्यक्रम बनाउन पहल गर्ने प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com