२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अमेरिकामा आइसोलेशनको अवधि १० दिनबाट ५ दिनमा घटाइयो

काठमाडौं । अमेरिकामा लक्षण नदेखिएका कोभिड–१९ का संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर पाँच दिनमा झारेको हो । केन्द्रले आइसोलेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

निरन्तर कोभिड संक्रमण बढेको र अमेरिकाभर यात्रा अस्तव्यस्त भइरहेको बेला सीडीसीको पछिल्लो सुझाव आएको थियो । उक्त सुझाव बाध्यकारी छैन तर अमेरिकाका व्यवसायी र नीति –निर्माताले यसलाई नजिकबाट पछ्याएका छन् ।

अमेरिकामा पछिल्लो समय ओमिक्रोन नै सक्रिय भेरियन्टको रुपमा देखा परेको छ । त्यहाँ पछिल्ला २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्रमण पुष्टि भएका छन् ।

तर ओमिक्रोन चिन्ताको विषय भएपनि डराइहाल्नु पर्ने अवस्था नरहेको राष्ट्रपति बाइडेनको भनाइ छ । एक अनलाइन बैठक बोल्दै अमेरिकाका अस्पतालमा अत्यधिक चाप पर्न सक्ने तर मुलुकमा राम्रो तयारी भएको पनि उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com