२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अध्यक्ष कमरेडले आत्मालोचना गरिसके, अन्य नेताले पनि गर्नुपर्छ : मातृका यादव

काठमाडौं । स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उनले महाधिवेशनबाट निस्किँदा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, हामी सबैले स्वीकारी सक्यौँ नि त अलि अलि हामी बिग्रेका हौँ । मुख्य कुरो के हो भने अध्यक्ष कमरेडले आफ्नो तर्फबाट गल्ती स्वीकारी सक्नु भो । जम्मै आफूमाथि लिनुभएको छ । बाँकी हामीले लिने कि नलिने ? अध्यक्ष मात्र रुपान्तरण भएर त हुँदैन । हामी ठूलो जमात गडबढको भयो भने त उहाँलाई पनि गडबढ गराइदिने हो नि त त्यसैले उहाँ जसरी आत्माआलोचित हुनुभएको छ हामी आफ्नो ठाउँमा कहाँ कहाँ चुकेका छौँ हामी पनि आत्माआलोचित हुँदै यो हलबाट जाँदाखेरी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com