२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु

काठमाण्डौँ – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएको घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।

यस घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ३ पञ्चनमा निर्माणाधीन सोलुखोला दुधकोसी आयोजनामा गएको आइतवार दिउँसो ३ बजेतिर पानी परीक्षण गर्ने क्रममा आयोजनामा कार्यरत इन्जिनियर धुलिखेल नगरपालिका ४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर २ का २६ वर्षीय सुवासराज रेग्मीको ज्यान गएको थियो ।

आयोजनाको पाइप लाइन परीक्षण गर्ने क्रममा वल्डिङ विस्फोट हुँदा थापा र रेग्मीको ज्यान गएको प्रहरीको प्रारम्भिक रिपोर्टले जनाएको छ । घटनामाा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन घाइते हुनुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com