२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

यमनमा अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर १२ हुथी विद्रोही मारिए

अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ ।उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।

गत महिनादेखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सो संयुक्त सेनाले यहाँ सोमबार गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । त्यस्तै हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।गत हप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जनाभन्दा बढी हुथी मारिएका थिए ।मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । (सिन्हवा)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com