२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाले दिए महिला भलिबल टोलिलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिए ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली टोलीलाई शुभकामना दिए । बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । नेपालले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com