२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नवलपरासी मध्यविन्दु नगरपालिकामा दोस्रो मध्यविन्दु महोत्सव आजबाट सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आजदेखि दोस्रो मध्यविन्दु महोत्सव सुरु हुँदैछ । मध्यविन्दु नगरपालिकामा मध्यविन्दु उद्योग वाणिज्य सङ्घको आयोजनामा अरुणखोलामा उक्त महोत्सव हुन लागेको हो । उक्त महोत्सव यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।

सङ्घका अध्यक्ष केदारप्रसाद पराजुलीले नगरपालिकामा पर्यटन तथा व्यपारिक गतिविधि वृद्धिसँगै यस क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी नगरपालिकाभित्र व्यावसायिक वातावरण तयार गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवको झण्डै एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । महोत्सवमा रु १० करोड बराबरको कारोबारको लक्ष्य रहेको पराजुलीले बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकीसहितको वृहत् शोभायात्रा, दोस्रो मध्यविन्दु नृत्य आइडल, स्थानीयरूपमा उत्पादित कृषि उपजको प्रदर्शनी तथा कला, संस्कृति, वेषभूषाको प्रदर्शनी रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com