२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

तमु ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदा

जनसेवा न्युज डटकम सम्बाददाता

काडमाण्डौँ । सरकारले पुस १५ गते बिहिबार देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन देशभर नै विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगहरुमा समेत विदा हुने छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com