२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नौ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ ।

ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ ।

यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com