२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

महाधिवेशनमा सुझाव दिने क्रम सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम सकिएको छ ।

काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको जवाफ भोलि शुक्रवार अध्यक्ष प्रचण्डले दिने माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलि मात्रै सुरु हुनेछ ।

आज नेकपा माओवादी केन्द्रको महाधिवशेनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेल फरक मत राख्नुभएको छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राख्नुभएको हो । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com