२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ३५ जना र २ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२८ जना कोरोनामुक्त भए, ० को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ६४ हजार २६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com