२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी रहँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी नभएर ‘पाटीपौवा’मा परिणत भइसकेको टिप्पणी गरेका छन् । विहीबार आज्र काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका हुन् ।

त्यस्तै नेपालले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको बताए ।

अध्यक्ष नेपालले एमालेमा ‘केही गरौं’ भन्ने भावना समेत नरहेको उल्लेख गर्दै भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने । त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन ।’

उनले थप भने, ‘परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com